पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित
एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ ।
पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार ६८८ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा बुधबार मात्र ६७ जना संक्रमितको ज्यान गएको छ । पाकिस्तानको सिन्ध, पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिर बढी प्रभावित क्षेत्रको रुपमा रहेका छन् ।
सङ्क्रमितहरुमध्ये २८ हजार ९२३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४९ हजार ८५२ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।–सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण