कोरोना नियन्त्रणका लागि गण्डकी प्रदेशको खर्च साढे २७ करोड
कोरोना नियन्त्रण र रोकथामका लागी गण्डकी प्रदेश सरकारल २७ करोड ५८ लाख खर्च भएको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवत्ता निरन भट्टराईले बताए । गोरखा र बाग्लुङ जिल्ला अस्पताललाई संघीय सरकारले गरेको सहयोग भने यो खर्च विरणमा समावेस नगरिएको प्रवक्ता भट्टराईले बताए ।
प्रदेश सरकारले महानगरपालिकालाई एक करोड, नगरपालिकालाई १० लाख र गाउँपालिकालाई ५ लाख गरि ६ करोड ५० लाख स्थानीय तहलाई सेना, सशस्त्र प्रहरी र प्रहरीलाई पन्ध्र पन्ध्र लाख गरेर ४५ लाख, स्वास्थ्य सामाग्री खरिदमा ४५ लाख, एघार वटा जिल्ला प्रशासन कार्यालयमा एक करोड ४५ लाख, जिल्ला अस्पतालहरुमा गाडी खरिदको लागि चार करोड ९५ लाख, गोरखा र बाग्लुङ जिल्ला अस्पताल बाहेक अन्य जिल्ला अस्पतालको पूर्वाधार विकासका लागि १३ करोड ७८ लाख उपलब्ध गराएको प्रवक्ता भट्टराईले बताए ।
गण्डकी प्रदेशमा हालसम्म ४ हजार ६८७ जनाको स्वाब संकलन गरिएको छ ति मध्ये ७५४ नतिजा आउन बाँकी रहेको छ भने संक्रमितको संख्या ५६ पुगेको छ । तीन जना निको भएर घर फर्किएको डा. विनोद बिन्दु शर्माले बताए ।
गण्डकी प्रदेशमा हालसम्म धेरै क्वारेन्टिनहरु सरकारी विद्यालयमा रहेका छन तर पर्वतमा भने वन्दना होटललाई पनि क्वारेन्टिन बनाइएको शर्माले बताए । प्रदेशमा रहेका जिल्ला अस्पतालहरुमा भेन्टीलेटरको अभाव देखिएको एक स्वास्थ्यकर्मीले नाम बताउने सर्तमा बताए । अहिले गण्डकी प्रदेशमा गोरखा ,कास्की ,मनाङ र मुस्ताङ बाहेक अन्य जिल्लामा संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको छ ।
यद्यपी गण्डकी प्रदेशमा विदेशबाट आउनेको संख्यामा भने कमी आएको छैन । उनीहरुको व्यवस्थापनका लागि थप आर्थिक व्यवस्थापन गर्नुपर्ने डा. शर्माले बताए । शर्माका अनुसार गण्डकी प्रदेशमा ५३ जना आइसोलेशनमा रहेका छन भने तीन हजार वढी क्वारेन्टिनमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण