लकडाउनको समयमा ३२ हजार ९ सय जना कर्णाली भित्रिएः मन्त्री भण्डारी
जुम्ला । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले नागरिकहरु कर्णाली फर्कर्ने क्रम उच्च रहेको जानकारी गराएका छन् । कर्णाली प्रदेशमा संसदको छैटौ अधिवेशनको नवौ वैठकमा मन्त्रालय केन्द्रीत प्रश्नहरुको जिज्ञासा दिदै भण्डारीले कर्णालीमा कोरोनाको ग्राफ बढिरहेको हुँदा सबै लागेर लड्नुपर्नेमा जोड दिए । उनले लकडाउनको अवधिमा ३२ हजार ९ सय ४० नागरिक विदेश र स्वदेशबाट कर्णाली प्रवेश गरेका जानकारी दिए ।
२० दिनमा ३० हजार ५ सय १२ जना नागरिक विदेश र स्वदेशबाट कर्णाली प्रवेश गरेको जानकारी उनले दिए । उनका अनुसार २०७६ साल चैत ६ गते देखि ३१ गते सम्म २ हजार ४ सय ८३ नागरिक भित्रिएका छन् । अहिले कर्णालीमा ३२ हजार ८ सय ७० क्वारेन्टाईन रहेका छन् । मन्त्री भण्डारीले सबै मिलेर कोभिड जोखिमको सामना गर्नु एक मात्र उपाय भएको बताए ।
२३ करोड ६६ लाख खर्च
सरकारले खडा गरेको बिपत कोषमा रु ३५ करोड ३३ लाख ५५ हजार मध्येबाट रु २३ करोड ६६ लाख खर्च भएको मन्त्री भण्डारीले जानकारी दिए । त्यो मध्ये स्थानीय तहलाई रु १३ करोड २० लाख छुट्टयाएको जनाइएको छ । यसका साथै स्थानीय तहमा अन्य रकम पठाउने बिषयमा तयारी भइरहेको समेत उनले जानकारी दिए ।
मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले रुकुमको सोति घटनाको अनुसन्धानको बिषयमा केन्द्र सरकारले गठन गरेको छानविन समितिलाई सघाउने र समन्वय भइरहेको जानकारी दिए । चौरजहारी घटनामा अपराधकर्ममा संलग्नलाई कानूनी दायरामा ल्याइने र मृतकका परिवारलाई राहात दिइने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण