लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स नियन्त्रण
तुल्सीपुर । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ । गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपु्रका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । उनका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य सङ्घको रहेको छ ।
तुलसीपुरबाटै बिहीबार तुलसीपुर–५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शङ्कर पुन बिरामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आशङ्का गरेर सोधखोज गर्दा ती अवैध पदार्थ भेटिएको हो । उनीहरुसहित एम्बुलेन्स चालक दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढुङ्गा प्रहार हुँदा घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
बिहीबार राति गस्तीमा गएको समयमा बबई गाउँपालिका –५ पञ्चकुलेका ४५ वर्षीय चित्रबहादुर डाँगी र उनका २७ वर्षीय छोरा हेमराज डाँगीले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरेको उनले बताए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण