परामर्श
कसले भन्यो
मृत्यु पछि मात्र प्रसंसाका मीठा शब्दहरु बोलिनेछन तिम्रा लागि ?
कसले भन्यो
तिम्रो निन्दा हुँदैन भनेर ?
कसले भन्यो
मृत्यु पछि तिमीलाई सम्झेर रुनेहरु मात्र निस्कन्छन ?
कसले भन्यो
तिमी मरेको दिन तिमी माथि हाँस्ने कोही हुन्नन भनेर ?
कसले भन्यो
तिमीले यो संसारलाई जितेर अर्को कुनै संसारमा पुगेको बेला यहाँ सबै निशब्द हुनेछन भनेर ?
कसले भन्यो
तिम्रो जितलाई पनि हार मानेर खुशी मनाउनेहरु हुन्नन भनेर ?
कसले भन्यो ?
सबैले सबैको मन जितेको हुन्छ भनेर ?
सबैले सबैलाई हृदयमा बाँस दिएको हुन्छ भनेर ?
एउटालाई खुशी बनाउँदा
अर्को रिसाएको थाह हुँदैन
एउटी आमाले त सबै छोरा छोरीलाई खुशी पार्न सक्दैनन भने
अन्यको त कुरा नै के गर्नु र ।
तिमी राम्रो कर्म गर
तर पनि तिमीले शत्रु कमाउने छौ
तिमी नराम्रो कर्म गर
तब पनि तिमीले शत्रु कमाउने छौ
तिमी हाँसेर हिड़
तिमीसंग रिस गर्ने अनगन्ति हुनेछन्
तिमी रोएर हिँड़
तिम्रो कुरा काटने धेरै हुनेछन्,
मान्छेहरुको भिड़मा
कसैगरी पनि जश मिल्न गाह्रो छ ।
हुनत मरेर गएपछि
क-कसले के भन्छन भन्दैनन्
त्यो सुन्न पाइन्छ की पाइन्न
कसलाई थाह होला र ?
स्वर्ग र नर्क देखेर को फर्किएको छ र ?
शत्रु कमाउँ या मित्र बनाऊ
निन्दा गर्नेले गर्छन्
प्रसंसा गर्नेले गर्छन्
त्यो उनीहरुको कर्म हो
त्यसैले त तिमी कर्म गर
मात्र कर्म गर ।।
दिपेस गिरी, मिरिक, दार्जीलिंग, पश्चिम बंगाल, भारत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण