विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
शुक्रबार, २३ जेठ २०७७, २० : ०९
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज खत्रीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
आदेशमा आयोग केन्द्रीय कायालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहबरमा थुनामुक्त गर्न भनिएको छ । गैरकानूनी रुपमा खत्रीलाई पटकपटक थुनामा राखिएको उल्लेख गर्दै आदेशमा खत्रीलाई थुनामुक्त गरेर सम्मानपूर्वक बाँच्न पाउने हकको उपभोग गर्ने सन्दर्भमा आयोगले नै अनुगमन गर्नु भनी आदेशमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण