विश्व स्वास्थ्य संगठनले जारी गर्यो मास्क लगाउनेबारे नयाँ निर्देशिका
विश्व स्वास्थ्य संगठनले मास्क लगाउनेबारे आफ्नो निर्देशिकामा ठूलो परिवर्तन ल्याएको छ ।
पछिल्लो केही महिनादेखि विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच मास्क लगाउँदा मानिसहरुले आफू कोरोनाभाइरसबाट सुरक्षित भएको ठान्ने हुन् कि जसका कारण स्वास्थ्यकर्मीका लागि मास्कजस्ता आवश्यक उपकरणमा कमी आउने हो कि भन्ने चिन्ता छाएको थियो ।
विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच यो तर्क अहिले पनि यथावत छ ।
विश्व स्वास्थ्य संगठनले आफ्नो नयाँ निर्देशिकामा सार्वजनिक यातायात, बजार र शरणार्थी शिविरजस्ता स्थान, जहाँ पर्याप्त सामाजिक दुरी स्थापित गर्न सम्भव छैन, त्यहाँ घरमा बनाइएको मास्क लगाउन सल्लाह दिइएको छ । यसमार्फत्, कोरोनाभाइरसको प्रत्यक्ष संक्रमण रोक्नलाई सहयोग मिल्ने बताइएको छ ।
यसका साथै, ८ वर्ष माथिका एकैपटक दुईवटा रोग लागेका बिरामीलाई भने मेडिकल ग्रेडको मास्क लगाउन उक्त निर्देशिकामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण