क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु
केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए ।
बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए ।
भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थिए । ‘१२÷१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ”, मृतकका बुबा ऐरले भने, “क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।”
छोरा ढलेपछि स्याहार गर्न बुबा आफैँ क्वारेन्टिन बस्ने शर्तमा भित्र पसेका थिए । “गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो”, उनले भने, “पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।” मृतकका बुबा पनि गए रातिबाट क्वारेन्टिनमै बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
-
१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म
-
सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण