विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ४ लाख नाघेको छ । अमेरिकास्थित जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमणबाट मर्नेको संख्या आइतबार अपरान्ह ४ लाख नाघेको हो । विश्वविद्यालयकाअनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २ सय ४३ पुगेको छ भने संक्रमितहरुको संख्या कूल ६९ लाख २३ हजार नाघेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका अघि छ । अमेरिकामा १ लाख ९ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या १९ लाख २० हजार पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्यामा बेलायत दोश्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४० हजार ५ सय ४८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या २ लाख ८६ हजार पुगेको छ ।
त्यस्तै तेश्रोमा ब्राजिल छ, जहाँ ३५ हजार ९ सय ३० जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ७२ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यसपछि संक्रमणका आधारमा रुस अघि आएको छ । रुसमा अहिलेसम्म ४ लाख ६७ हजारभन्दा बढी संक्रमित रहेका छन् भने ५ हजार ८ सय ५१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितहरुको संख्याका आधारमा भारत पाँचौ स्थानमा आएको छ । भारतमा अहिलेसम्म २ लाख ४७ हजार जनामा संक्रमण पुष्टि भैसकेको छ भने ६ हजार ९ सय ५० जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण