अर्को वर्ष झण्डा फहराउँदै जयनगर*-जनकपुर रेल गुड्छ: भौतिक पूर्वाधार मन्त्री नेम्वाङ (भिडियो)
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७७–०७८ मा नेपालको झण्डा फहराउँदै जयनगर-जनकपुर रेल गुड्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौं केरुङ, काठमाडौं रक्सौल डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिए ।
उनले भने– ‘आउने वर्ष २०७७/७८ भित्र नेपालको झण्डा फह¥याएर जयनगरबाट जनकपुर रेल सञ्चालन गर्ने जानकारी गराउँदै त्यसमा आवश्यक रकम विनियोजन गरेको जानकारी गराउन चाहन्छु ।’ उनले पूर्वपश्चिम रेलमार्ग निर्माणको कामलाई निरन्तरता दिँदै काँकडभिट्टादेखि इनरुवा खण्डका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । २ वटा रेल निर्माण भई खरिद प्रक्रिया पनि पूरा गरेको मन्त्री नेम्वाङले जानकारी दिए ।
उनले अघिल्लो वर्षको तुलनामा यो वर्ष आफ्नो मन्त्रालयलाई २२ अर्ब कम बजेट आएको जानकारी गराए । उनले बजेट वितरण गर्दा प्रादेशिक सन्तुलनलाई ध्यान दिइएको बताउँदै चालू आर्थिक वर्षमा रहेका आयोजनालाई सञ्चालन गर्नुपर्ने भएकोले सांसदहरुको माग अनुसार बजेटमा नयाँ आयोजना समावेश गर्न नसकेको जानकारी गराए ।
विगतमा सुरु गरिएका राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा छिटो सम्पन्न गर्नका लागि यथोचित बजेट ब्यवस्था गरिएको बताउँदै पूर्वपश्चिम सडक विस्तारका लागि काँकडभिट्टादेखि बुटवलसम्म ४ लेनको सडक बनाउन विस्तारको काम थालेको पनि उल्लेख गरे ।
यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा १० करोडको रणनीतिक सडक आयोजना अगाडि बढाएको बताए । नागढुङ्गा सुरुङमार्गलाई अघि बढाएको र अन्य ७ वटा सुरुङ् मार्गलाई अघि बढाउन लागिएको र काठमाडौंमा जाम हटाउन फ्लाई ओभर र अन्डरपासका लागि बजेट छुट्याएको समेत उनले बताए । साथै ७ सय पुलको डिपिआर तयार भएको र काम अघि बढाउन लागेको जानकारी दिए ।
यसअघि जयनगरको ठाउँमा चाइना लेखिएकोमा क्षमायाचनासहित सच्चाइएको छ ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण