पाकिस्तानद्वारा आइएमएफको प्रस्ताव अस्वीकार
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारसँग राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकार गरेको बताइएको छ । पाकिस्तानलाई आगामी बजेटमा यहाँका सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न आइएमएफले सुझाव दिएको थियो ।
आइएमएफले सो तलब कटौती गरेर यहाँको स्वास्थ्यका क्षेत्रमा बजेट बढाउन सुझाव दिएको थियो । तर पनि पाकिस्तान सरकारले भने यहाँका सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न नसकिने बताएको हो ।
यहाँका सरकारी कर्मचारी र निवृत्त कर्मचारीको निवृत्तिभरणको रकममा कटौती गर्न नसकिने जानकारी पाकिस्तान सरकारले दिएको बताइएको छ । यही जुन महिनाको १२ गते पाकिस्तानले बजेट ल्याउँदै छ । सो बजेटमा व्यापक मात्रामा खर्चको कटौती गर्न भनिएको हो । पाकिस्तानमा पनि बढ्दो कारोना भाइरसको महामारीका कारण लकडाउन जारी छ ।
जसका कारण यहाँको आर्थिक अवस्थामा निकै कमी आएको बताइएको छ । देशलाई आर्थिक मन्दीबाट बचाउन यहाँको सरकारले ठूलो मात्रामा संघर्ष गर्नु परिरहेको पनि समाचारहरुमा जनाइएको छ ।
यहाँ पनि महामारीका बाबजुत पनि आज सोमबारदेखि सरकारले लकडाउन हटाउने निर्णय गरेको छ । यसबाट महामारीको थप खतरा रहेको बताइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण