क्वारेन्टिनका सरसामानसहित ४० जना फरार
मङ्गलबार, २७ जेठ २०७७, १२ : १२
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।
उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।
उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण