मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधिसभामा छलफल जारी
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।
बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम छ । यसअघि सोमबार १३ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो ।
आगामी बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि पनि छलफल हुने जनाइएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संविधान) विधेयक २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण