नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा जित्यो दुई अर्बको मुद्दा
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको हो । बैंकले इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सिएमसी)को पर्फमेन्स ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो ।
तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले ग्यारेन्टी दिएको तर कम्पनीले भने अनुसार काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी (क्लेम) गरेको थियो र सोही बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरेको थियो ।
तर सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराएको र पुनः एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो ।
तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरेको हो । सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई पनि मुद्दा हालेको थियो । मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन ।
इन्भेष्टमेन्ट बैंकले मुद्दा जितेपछि अब बैंकले काउण्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १५ करोड रुपैयाँ) गरी करिब दुई अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण