जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

सिरहा । जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा आइतबार राती भित्र पसि मियाँले युवतीको मुख छोपेर जबरजस्ती करणी गरेको युवतीको भनाई उद्रित गर्दै प्रहरीले बताएको छ ।
घटना आइतबारै भएपनि स्थानीयको दवावमा गाउँमै मिलाउने कोशिस भएको थियो । भोलिपल्ट अबेरमात्र प्रहरीले सूचना पाएको थियो । प्रहरीले सूचना पाउनासाथ युवकलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरेको छ । प्रहरीले युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड