शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तीन सय नेपाली कुवेतबाट स्वदेश फर्कंदै

बिहीबार, २९ जेठ २०७७, १० : २८
बिहीबार, २९ जेठ २०७७

काठमाडौँ – कुवेतमा अलपत्र परेका ३ सय नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीका अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ । त्यस्तै पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । 

कुवेतको जजिरा एयरलायन्सको २ जहाजमार्फत ३ सय नेपाली नागरिक नेपाल आउन लागेका हुन् । 

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जसअनुसार पहिलो चरणमा ३ सय नेपाली फर्कन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप