तीन सय नेपाली कुवेतबाट स्वदेश फर्कंदै
बिहीबार, २९ जेठ २०७७, १० : २८
काठमाडौँ – कुवेतमा अलपत्र परेका ३ सय नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीका अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ । त्यस्तै पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ ।
कुवेतको जजिरा एयरलायन्सको २ जहाजमार्फत ३ सय नेपाली नागरिक नेपाल आउन लागेका हुन् ।
कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जसअनुसार पहिलो चरणमा ३ सय नेपाली फर्कन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण