पाल्पाको तिनाउ खोलामा कार खस्यो
शुक्रबार, ३० जेठ २०७७, १७ : ५७

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो ।
दुर्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उनलाई उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुुल्न अझै नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?