पाल्पाको तिनाउ खोलामा कार खस्यो
शुक्रबार, ३० जेठ २०७७, १७ : ५७
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो ।
दुर्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उनलाई उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुुल्न अझै नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण