आपत परेको बेलामा मद्दत नगर्ने हो भने साथीको के काम ?
ठूलो जंगलको एक पोखरी नजिकै एउटा सानो हाँसको बच्चा बस्तथ्यो । उसलाई एक दिन साह्रै भोक लाग्यो । उसले आफ्नो भोक मेटाउनको लागि कीरा–फट्यांग्र खोज्न थाल्यो । तर उसले जति प्रयास गरे पनि कीरा–फट्यांग्रा समात्न भने सकेन । त्यस पछि ऊ दुःखी हुँदै ठूलो–ठूलो आवाजमा क्वाँ–क्वाँ गर्दै कराउन थाल्यो ।
उसको आवाज सुनेर नजिकैको घारीमा बस्ने एउटा बच्चा कुखुरा दौडेर आयो । र, उसले हाँसको बच्चालाई ‘के भयो, तिमी किन यसरी कराएको ?’ भनेर सोध्यो ।
हाँसको बच्चाले रुँदै भन्यो– ‘मलाई साह्रै भोक लागेको छ । तर कीरा–पट्यांग्र खानाको लागि खोजेको, समात्न सकिनँ ।’
त्यो सुनेर कुखुराको बच्चाले ‘धन्दा नमान, म तिमीलाई खाना खोजेर ल्याइदिन्छु’ भन्यो । त्यस पछि कुखुराको बच्चा यता–उता गएर तरुन्तै केही कीराहरु लिएर आयो । हाँसको बच्चाले खुसी हेदै त्यो सबै खायो । बदलामा उसले कुखुराको बच्चालाई पनि माछा खुवाउने बाचा गर्यो । त्यस पछि ऊ पोखरीतिर दौडियो । कुखुराको बच्चा पनि पोखरीमा संगै जान्छु भन्न थाल्यो । तर हाँसको बच्चाले ‘तिमीलाई पौडन आउँदैन, डुबिन्छ यही बस’ भनेर पोखरीमा पस्यो । कुखुराको बच्चाले मन थाम्न सकेन । हाँसको बच्चा अलि पर पुगेको पनि के थियो, उसले कुखुराको बच्चाले बचाउ ! बचाउ ! भनेको आवाज सुन्यो । उसले यसो हेरेको त कुखुराको बच्चा पानीमा डुबिरहेको रहेछ । ऊ हतार हतार गएर कुखुराको बच्चाचलाई पोखरीबाट बाहिर निकाल्यो ।
पानीबाट बाहिर निस्केको केही छिनपछि दुबै मिलेर माछा खाना थाले । माछा खाइसकेपछि कुखुराको बच्चाले खुसी हुँदै भन्यो–साथी तिमीले आज मेरो ज्यान बचायौं । यसको लागि धन्यवाद ! तर हाँसकोबच्चाले नम्र हुँदै भन्यो– ‘यत्तिमै किन धन्यवाद दिनु पर्छ र ? हामी दुईजना त असल साथी हौं । साथी भएपछि त एकअर्कालाई आपत परेको बेलामा मद्दत गर्नु नै पर्छ । मद्दत नगर्ने हो भने त हामी साथी भएको के काम ?’
Title Photo: https://i1.wp.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण