शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

शनिबार, ३१ जेठ २०७७, ०८ : २७
शनिबार, ३१ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । 
 
महाशाखाका अनुसार हाल  नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु ,पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

यसैगरी, महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रही  रहेको जनाएको छ । 

जारी पूर्वानुमानमा उल्लेख भए अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ । भने प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको   सम्भावना रहेको छ।

यस्तै, राति  देशभर सामान्य बदली  रहनेछ। यता, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप