शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमै जन्मियो शिशु

शनिबार, ३१ जेठ २०७७, ०९ : २९
शनिबार, ३१ जेठ २०७७

प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । 

नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् । 

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले  गए राति १  क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।  

उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी  गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप