पूर्वप्रेमीसँगको तस्बिरमा दीपिकाका पति रणबीरको यस्तो प्रतिक्रिया
शनिबार, ३१ जेठ २०७७, १२ : ४६
एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । लकडाउनका कारण दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् ।
हालै उनले पूर्व प्रेमी रणवीर कपूरसँगको तस्बिर शेयर गरेकी छिन् । उनले सात वर्ष पुरानो तस्बिर शेयर गरेकी हुन् । तस्बिर फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको थियो । उनले यो तस्बिर फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा शेयर गरेकी हुन् ।
उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ‘ एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन : नैना तलवार’
दीपिकाको उक्त तस्बिरमा पति रणबीर सिंहले प्रतिक्रिया जनाएका छन् । तस्बिरमा रणबीरले ‘क्युट’ भनेर लेखेका छन् । यसैगरी, बलिउडका डिजाइनर मनीष मल्होत्राले दिल र स्माइली इमोजी कमेन्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण