ब्लिचजस्तो वस्तु खान सल्लाह दिने डाक्टर बर्खास्त
पेरुमा एक डाक्टरले मानिसहरुलाई कोरोनाभाइरसबाट बच्नका लागि क्लोरिन डायअक्साइड खाने सल्लाह दिएपछि उनलाई पदबाट बर्खास्त गरिएको छ ।
डाक्टर अमिलकार वांकावारी कोरोनाभाइरस महामारीसँग जुध्नका लागि बनेको दक्षिणी प्रान्त आयाइचोको रेस्पोन्स टिमका प्रमुख थिए ।
क्लोरिन डायअक्साइड ब्लिच जस्तो एक प्रकारको किटनाशक हो जसको प्रयोग उद्योग, कलकारखानामा गरिन्छ । यो केमिकल मानिसका लागि घातक प्रमाणित हुनसक्छ ।
डाक्टर वांकावारीले जो व्यक्तिमा कोरोनाभाइरसको लक्षण छ, उनीहरुलाई यो केमिकल दिनुपर्ने बताएका थिए ।
एक पत्रकार सम्मलेनमा उनले दाबी गर्दै भने, ‘कोभिड–१९ का बिरामीमा क्लोरिन डायअक्साइडको परीक्षण गरिँदैछ र उनीहरुको स्वास्थ्यमा सुधार देखिएको छ ।’
आयाइचोका गभर्नर कार्लोस रुआकोले उक्त बयानपछि अर्को पत्रकार सम्मेलनमा वांकावारीले जे जति भने त्यो आफ्नो नीजि हैसियतमा भनेको स्पष्टिकरण दिँदै उनले सरकारी प्रतिनिधिसँग बसेको बैठकमा क्लोरिन डायअक्साइडबारे कुनै चर्चा नगरेको जानकारी दिए ।
त्यसको केहि घण्टापछि कार्लोस रुआले वांकावारीलाई उनको पदबाट बर्खास्त गरिएको घोषणा गरे ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण