बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन: रविन्द्र मिश्र

आइतबार, ३२ जेठ २०७७, १७ : ३४
आइतबार, ३२ जेठ २०७७

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन् । पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताएका हुन् । उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । सरकारले विभेद भएका घटनाहरुमाथि छानविन गरी दोषिलाई कारबाही गर्न र सधैका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए ।

संयोजक मिश्रले आफ्ना छोराछारीलाई लुकाएर, पढाएर दलितवर्गका छोराछोरीलाई गोलि खुवाएर गरेको अन्दोलनले समेत विभेद अन्त्य गर्न नसेको बताए । उनले भने– ‘संविधानमा लेखेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भनेर हामीले थाहा पाइसक्यौं । आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादीहरुको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं । उहाँहरुले तपाइहरुकै नाममा राजनीति गरेको होइन दश–दश वर्ष ? तपाईहरुलाई अग्रपंक्तिमा राखेर मर्न बाध्य तुल्याएको होइन ? आफ्ना छोराछोरीलाई लुकाएर पढाएर तपाइहरुका छोराछोरीलाई घिसारेर लगेर गोलि खुवाएको हो कि होइन ? त्यति हुँदाहुँदै आज यो स्थिति किन आयो ?’ 

संयोजक मिश्रले गुणस्तरीय शिक्षासँगै मानिसहरुको सोचमा परिवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपस्थित हुन सक्ने क्षमता विकास भएमात्रै दलितमाथि हुँदै आएको विभेद अन्त्य हुने बताए । यस्तै विभेद हुनुको दोष इतिहासलाई मात्र दिन नहुने उल्लेख गर्दै राजनीतिक नेतृत्वले यसको जिम्मेवारी लिनुपर्ने बताए । संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरुले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफु विभेद गर्दिन अरुको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, र ‘मान्छे हुन के के चाहिन्छ ?’ लेखिएका ब्यानरहरु लिएर प्रदर्शन गरेका थिए । तस्बिरः कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप