सरिता गिरीलाई किन भएन कारवाही ? कारवाही-पत्र अर्का नेताको गोजीमा
समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले गर्ने कारवाहीमा केही समयका लागि भए पनि ब्रेक लागेको छ । गिरीलाई आइतबार नै कारवाही गर्ने तयारी भए पनि प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीको बैठक बसेरमात्र कारवाही गर्नुपर्ने अडान राखेपछि हाललाई गिरीको कारवाही टरेको हो ।
सांसद गिरीलाई पार्टीको सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट समेत हटाउने तयारी थियो । त्यसका लागि संसदीय दलबाट कारवाही पत्र पनि तयार भइसकेको थियो । सो पत्र लिएर जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ संसदका प्रमुख सचेतक उमाशंकर अरगरियासँग हस्ताक्षर गराउन प्रतिनिधिसभामा नै पुगेका पुगेका थिए तर सो पत्रमा सचेतक अरगरियाले हस्ताक्षर गर्न मानेनन् ।
कारवाहीका लागि संसदीय दलको बैठक बस्नुपर्ने र सो बैठकबाट निर्णय भएपछि मात्र आफूले पत्रमा हस्ताक्षर गर्ने प्रमुख सचेतक अरगरियाले अडान लिएका थिए । स्रोतकाअनुसार अरगरियाले संसदीय दलको बैठकमा सांसद सरिता गिरीलाई आफ्नो कुरा राख्ने मौका दिनुपर्ने र सिधै कारवाही गर्नुभन्दा पहिले एकपटक उनले स्पष्टीकरण दिने मौका पाउनुपर्छ भनेपछि नेता श्रेष्ठले सो पत्र आफ्नो गोजीमा राखेका थिए ।
नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ गते संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन् । सो संशोधन दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलले उक्त संशोधन फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो ।
तर गिरीले सो संशोधन फिर्ता लिन मानिनन् । यद्यपि गिरीले दर्ता गराएको विधेयक संसद सचिवालयबाट अस्वीकृत भइसकेको छ ।
यस विषयमा जसपा नेपालका नेता श्रेष्ठसँग सम्पर्क गर्दा उनले कुनै प्रतिकृया दिएनन् भने प्रमुख सचेतक अरगरिया र सांसद गिरीको मोबाइल अफ रहेको छ ।
सांसद गिरीलाई मधेशी नेताहरु कारवाही गर्ने पक्षमा छैनन् । गिरीका कदमलाई मधेशमा सकारात्मक लिइएको हुनाले त्यहाँबाट राजनीतिक गर्ने नेताहरु सकभर गिरीलाई कुनै प्रकारको कारवाही नहोस् भने पक्षमा छन् । सो पार्टीमा रहेका पहाडी समुदायका नेताहरु भने गिरीलाई कारवाही हुनुपर्ने पक्षमा छन् ।
गिरीलाई कारवाही भयो भने खस आर्यबाट अर्को महिलालाई सांसदमा राख्न सकिने दाउ ती नेताहरुको रहेको अर्का एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण