सुशान्त सिंहको अन्तिम संस्कारमा सुनिल शेट्टी, विवेक ओबरोयदेखि श्रद्धा–कृतिको उपस्थिती (फोटोफिचर)
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह बबूलको पनि उपस्थिती रह्यो । अन्तिम संस्कारमा नायिका कृति सेनन, श्रद्धा कपुर, नायक राजकुमार राव, सुनिल शेट्टी, विवेक ओबरोय, वरुण शर्मा, अर्जुन बिजलानी र थुप्रै टिभी कलाकारको उपस्थिती रह्यो ।
अन्तिम संस्कारमा जम्मा २५ व्यक्ति समावेश भए । परिवारले अस्तु पटना लैजानेछ । त्यसलाई गंगामा विसर्जन गरिनेछ । पोस्टमार्टमपछि सुशान्तको पार्थिव शरीरललाई कूपर अस्पतालमा राखिएको थियो । यहिँबाट अन्तिम यात्रा निकालियो । भाइ निरजका अनुसार परिवारले अन्तिम संस्कार पटनामा गर्न चाहेता पनि कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको जानकारी दिए ।
कोरोना रिपोर्ट नेगेटिभ आयोः
सुशान्तको कोरोना परीक्षणसमेत गराइएको थियो । रिपोर्ट नेगेटिभ आयो । पोस्टमार्टममा उनको पासो लगाएका कारण नै मृत्यु भएको बताइएको छ । शरीरमा चोट वा जोर–जबरजस्तीका केही दाग छैनन् ।
सुशान्तकी साथी रिया चक्रवर्ती बिहान कूपर अस्पताल पुगिन् । यहाँ सुशान्तको शव राखिएको थियो । यसबारे प्रहरीले रियालाई सोधपुछ गर्नेछ ।
सुशान्तका परिवारका चार सदस्य पटनाबाट मुम्बई पुगे । मुम्बई एयरपोर्टबाट बाहिर निस्किरहेका सुशान्तका पिता केके सिंह (निलो टी सर्ट) । उनीसँग सुशान्तका काकाका छोरा निरज कुमार बबलू (सेता सर्टमा) छन् ।

कृति सेनन

श्रद्धा कपुर


सुनिल शेट्टी

विवेक ओबरोय
अबेर राती साथी र बिहान दिदीलाई फोन गरेका थिएः
जानकारीका अनुसार सुशान्तले शनिबार राती पौने १ बजे आफ्ना एक साथीलाई फोन गरे तर उनले फोन उठाएनन् । आइतबार बिहान सुशान्त उठे । ९ बजे अनारको जुस पिए । त्यसपछि मुम्बईमा बस्ने आफ्नी दिदीलाई फोन गरे त्यसपछि बेडरुम गए । दिउँसो करिब साढे १२ बजे उनका कुकले खानाका लागि ढोका ढक्ढकाए । मोबाइलमा फोन पनि गरे । तर कुनै जवाफ नआएपछि उनकी दिदीलाई फोन गरे । दिदी आएपछि चाबी बनाउने व्यक्तिलाई बोलाएर बेडरुमको ढोका खोल्दा सुशान्तको शव झुण्डिएको अवस्थामा फेला परेका थियो ।
शवको फोटो सेयर गर्नेमाथि हुनेछ कारवाहीः
सोसल मिडियामा सुशान्तको शवको फोटो भाइरल भइरहेको छ । यसका लागि महाराष्ट्र पुलिसको साइबर सेलले चेतावनी जारी गरेको छ । साइबर सेलले सुशान्तको शवको फोटो सेयर गर्नेविरुद्ध कानूनी कारवाही हुनेछ ।
भाइले भने – नोभेम्बर–डिसेम्बरसम्म विवाह हुने निश्चित थियो
सुशान्तका दाइ निरजका अनुसार फिल्म गुमाउनु आत्महत्याको कारण हुनसक्दैन । उनका अनुसार सुशान्त कुनै प्रकारको आर्थिक समस्याबाट पनि गज्रिएका थिएनन् । उनको विवाह नोभेम्बर–डिसेम्बरसम्म हुने निश्चित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण