एनआरएनद्वारा लाप्राकमा विद्युतीकरण गर्न माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले गोरखाको लाप्राक, गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमूना बस्तीमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ । संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङसँग आज भेटी लाप्राकमा राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट द्रुत गतिमा विद्युतीकरण गरिदिनाका साथै ५७३ घरकै लागि निःशुल्क मिटर जडान गरी बस्तीभित्र भूमिगत रुपमा विद्युत् वितरण गरिदिन अनुरोध गरेको हो ।
सोका लागि लाभग्राही आवश्यक जनश्रमदान गर्न तयार रहेको उहाँले अवगत गराए । एकै प्रकारका एकै क्षेत्रफल ओगटेका ५७३ घर भएको विश्वकै एक मात्र एकीकृत नमूना बस्ती निर्माण गोरखा जिल्लाको दुई हजार ७५० मिटर उचाइमा रहेको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा अन्तिम चरणमा पुगेको एनआरएनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण