भैरहवाको भीम अस्पतालबाट २६ जना डिस्चार्ज
बुटवल । भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ मध्ये २६ जनालाई मंगलबार डिस्चार्ज गरिएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए ।
१४ दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य बिरामीहरुमा कोरोना (कोभिड–१९) सम्बन्धि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिए । एक जनामा अझै ज्वरो देखिएकोले डिस्चार्ज गर्न नसकिएको उनले बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.नविन दर्नालकाअनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् ।
डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला, ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षीय महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षीय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई मंगलबार अस्पतालले विदाइ गरेको छ । यसअघि निको भएका २५ जना कोरोना संक्रमितलाई अस्पतालले जेठ १९ गते डिस्चार्ज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण