उत्तर कोरियाद्वारा दक्षिणको प्रस्ताव खारेजः सैनिकलाई पुनः सीमामा पठाउने
उत्तर कोरियाले बुधबार दक्षिण कोरियाको तनाव कम गर्न विशेष दूत पठाउने प्रस्ताव अस्विकार गर्दै सहमतिको प्रयास रोकेको छ । यतिमात्रै होइन, उत्तरले सीमावर्ती क्षेत्रमा आफ्ना सैनिक पुनः तैनाथ गर्ने जानकारी समेत दिएको छ ।
सन् २०१८ मा शान्ति सम्झौतापश्चात् बनाएको सम्पर्क कार्यालय बमले उडाएको भोलिपल्ट उत्तर कोरियाको यस्तो घोषणा राज्य सञ्चालित समाचार माध्यम केसीएनएमा सार्वजनिक भएको हो ।
क्रस–बार्डर शान्ति सम्झौता भंग गर्ने चालिएको कुनै पनि कदम दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनको उत्तरसँगको दिगो मेलामिलापलाई बढाउन गरिएको प्रयासलाई ठूलो धक्का लाग्नेछ ।
गत सोमबार मूनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग इउ–योंग र जासुसका प्रमुख सु हुनलाई आफ्ना विशेष दूतका रुपमा पठाउन आग्रह गरेको केसीएनएले बताएको छ । तर उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले ‘निकै चलाखीपूर्ण र भद्दा प्रस्ताव अस्विकार’ गरेको केसीएनएले जानकारी दिएको छ ।
‘उत्तर कोरिया र दक्षिण बीचको वर्तमान संकटको समाधान दक्षिण कोरियाली अधिकारीहरुको असक्षमता र गैरजिम्मेवारीका कारण असम्भव छ र यो उचित मूल्य नचुकाएसम्म समाप्त गर्न सकिँदैन,’ केसीएनएले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री
-
वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
-
मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी
-
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण