उत्तर कोरियाद्वारा दक्षिणको प्रस्ताव खारेजः सैनिकलाई पुनः सीमामा पठाउने
उत्तर कोरियाले बुधबार दक्षिण कोरियाको तनाव कम गर्न विशेष दूत पठाउने प्रस्ताव अस्विकार गर्दै सहमतिको प्रयास रोकेको छ । यतिमात्रै होइन, उत्तरले सीमावर्ती क्षेत्रमा आफ्ना सैनिक पुनः तैनाथ गर्ने जानकारी समेत दिएको छ ।
सन् २०१८ मा शान्ति सम्झौतापश्चात् बनाएको सम्पर्क कार्यालय बमले उडाएको भोलिपल्ट उत्तर कोरियाको यस्तो घोषणा राज्य सञ्चालित समाचार माध्यम केसीएनएमा सार्वजनिक भएको हो ।
क्रस–बार्डर शान्ति सम्झौता भंग गर्ने चालिएको कुनै पनि कदम दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनको उत्तरसँगको दिगो मेलामिलापलाई बढाउन गरिएको प्रयासलाई ठूलो धक्का लाग्नेछ ।
गत सोमबार मूनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग इउ–योंग र जासुसका प्रमुख सु हुनलाई आफ्ना विशेष दूतका रुपमा पठाउन आग्रह गरेको केसीएनएले बताएको छ । तर उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले ‘निकै चलाखीपूर्ण र भद्दा प्रस्ताव अस्विकार’ गरेको केसीएनएले जानकारी दिएको छ ।
‘उत्तर कोरिया र दक्षिण बीचको वर्तमान संकटको समाधान दक्षिण कोरियाली अधिकारीहरुको असक्षमता र गैरजिम्मेवारीका कारण असम्भव छ र यो उचित मूल्य नचुकाएसम्म समाप्त गर्न सकिँदैन,’ केसीएनएले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण