अब सरकारी ई–कमर्सको अर्डर लिने र डेलिभरी गर्ने जिम्मा सस्तोडिललाई
काठमाडौं– नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र नेपाली स्वामित्वको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल डटकम (sastodeal.com) बीच ब्यापार साझेदारी हुने भएको छ । यस साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ई–कमर्स सेवा सस्तोडिलले हेर्ने भएको हो ।
निजी ई–कमर्स कम्पनीसँग नेपाल सरकारले पहिलोपटक ब्यापार साझेदारी गरेको छ । नेपाली ई–कमर्स क्षेत्रमा यो ऐतिहासिक साझेदारी हो । साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले घरमै पाउने भएका छन् । साथै होम डेलिभरी निःशुल्क रहेको सस्तोडिल डटकमका निर्देशक एवम् सिइओ अमुन थापाले जानकारी दिए ।
कोभिड१९ को महामारीले गर्दा लकडाउन सुरु भएसँगै ई–कमर्स कम्पनीको माग ह्वात्तै बढेको थियोे । यसै सन्दर्भमा सरकारले पनि ई–कमर्स सेवा सुरु गरेको थियो । सो सुरुवातसँगै सहकार्यको प्रयास गरिएको र विभिन्न चरणमा तयारी गरी कामको मोडालिटी बनाएर सम्झौता गरिएको थापाले बताए ।
मोडालिटीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सस्तोडिलको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ । ग्राहकले सस्तोडिलको वेबसाइट वा मोबाइल एप प्रयोग गरि अर्डर गर्न सक्नेछन् । हाल दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ ।
तत्काललाई काठमाडांै उपत्यकाको चक्रपथ भित्र मात्र डेलिभरी हुने बताइएको छ । अर्डर गरेको एक दिन भित्रै डेलिभरी हुने र कम्तीमा दुई हजार देखि बढिमा पाँच हजार समको अर्डर गर्न सकिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण