कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार १ सय नाघेको छ । बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको कूल संख्या ११ सय नाघेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार सुर्खेतमा २ र दैलेखमा २ गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । आज १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार १०४ पुगेको उनले बताए ।
महाशाखा प्रमुख डा.तिवारीका अनुसार कूल संक्रमितहरु मध्य दैलेखमा मात्र हालसम्म ६३६ अर्थात करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा २, हुम्ला र डोल्पामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितहरुमा पुरुष १ हजार २२ जना र महिला ८२ जना रहेका छन् ।
कोरोना जित्नेको संख्या ४९४
कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिहरुमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको संख्या ४९४ पुगेको छ । आज मात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना संक्रमितहरु कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा.तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एक÷एक गरी तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
कर्णाली प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ८१० नागरिकहरु भारतबाट आइपुगेका छन् । यता,डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण