असार १० गते नेकपा स्थायी कमिटी बैठक
बुधबार, ०३ असार २०७७, २३ : २२
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बोलाइएको छ । बुधबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्तामा सो सहमति भएको हो । बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज(एमसीसी), सरकारको कामको समीक्षा लगायतका विषयमा छलफल हुने श्रोतले बताएको छ ।
यसअघि बैशाखमा उल्लेखित विषयमा छलफल गर्न बैठकको माग गर्दै २० जना स्थायी समिति सदस्यहरुले गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित मागपत्र पेस गरेका थिए । उनीहरुको दबाबमा वैशाख २५ गते बोलाइएको बैठक अचानक स्थगित भएको थियो । नेकपाको विधानअनुसार ३ महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर ६ महिनादेखि बैठक बोलाइएको छैन । यसअघि मंसिर २९ गतेदेखि बसेको बैठक पुस ६ गते सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण