सल्यानमा तयार भयो ५० बेडको आइसोलेसन सेन्टर
सल्यान – सल्यानको कपुरकोट गाउँपालिकामा ५० बेडको आइसोलेसन तयार भएको छ । वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
आइसोलेसन बनाउनका लागि नेपाली सेनाले श्रम शक्ति परिचालन गरेको थियो ।
निर्धारित समयभित्रै तयार भएको सुविधा सम्पन्न आइसोलेसन सेन्टरको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले अवलोकन समेत गरेका छन् । कर्णाली प्रदेश सरकारले पठाएको रु ९ लाख २० हजार रुपैयाँ तथा आफ्नो पालिकाको ब्यवस्थापन र नेपाली सेनाको श्रम शक्तिबाट समयमै आइसोलेसन तयार गर्न सकिएको बताए ।
सम्भावित कोरोना संक्रमितको उपचारलाई प्रभावित हुन नदिनका लागि आइसोलेसन वार्ड तयार गरिएको हो । आइसोलेसन सेन्टरमा महिला पुरुषका लागि छुट्टा छुट्टै सौचालयको ब्यवस्था, धारा, विजुली बत्ति लगाएतको ब्यवस्था गरिएको कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए ।
१४ जनाको स्वाब संकलनः
यसैविच बुधबार कपुरकोट गाउँपालिकाबाट कोरोना परिक्षणका लागि १४ जनाको स्वाब संकलन गरिएको छ । भारतबाट आएका तथा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु गरेर १४ जनाको स्वाब लिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताए । जानकारी दिए । पिसिआर विधिबाट कोरोना भए नभएको पत्ता लगाउनका लागि स्वाब संकलन गरिएको हो ।
स्वाब संकलनका लागि आवश्यक पर्ने भीटीएम गाउँपालिकाले नै खरिद गरेको छ । संकलित स्वाबलाई बुधबार नै परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ स्थीत प्रयोगशालामा लगिएको संयोजक दाहालले बताए । कपुरकोटमा हाल सम्म एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उहाँको सल्यान सदरमुकाम स्थित आइसोलेसनमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण