भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न नेपालको आग्रह
काठमाडौं – भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने विश्वास नेपालले व्यक्त गरेको छ ।
‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्वशान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौं,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लद्दाखको गलवान घाटीमा भएको भारतीय—चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सो घटनाको भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका बेला नेपालले भने शान्तिपूर्ण तवरमा समस्या हल गर्न भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण