शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईबाट ४ सय ५२ नेपाली बोकेर २ जहाज नेपाल उड्यो

आइतबार, ०७ असार २०७७, १४ : ४६
आइतबार, ०७ असार २०७७

युएई। कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका ४ सय ५२ जना नेपाली आज नेपाल फर्किएका छन्।

नेपाल एयरलाइन्सको उडान नम्बर आर ए (२२९२) र फ्लाई दुबईको उडान मार्फत दुबईबाट ४ सय ५२ जना स्वदेश फर्किएका हुन्। नेपाल एयरलाइन्सबाट २ सय ६३ जना र फ्लाई दुबईबाट १ सय ८९ जना स्वदेश फर्किएका यूएईस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले रातोपाटीलाई बताइन्।

स्थानीय समय अनुसार बिहान ८ बजे फ्लाई दुबई र ११:१० बजे नेपाल एयरलाइन्सको दुबई अन्तराष्ट्रिय विमानस्थलबाट उडान भएको हो।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका गर्भवती महिला,दीर्घ रोगी,जागीर गुमेका पीडितहरु छन्। लामो समयदेखि रोजगार गुमेर बसेका फ्याल्क्स म्यानेजमेन्ट कम्पनीका १ सय १२ र ईमिरेट्स क्याबका १५ जना पीडित नेपाली पनि स्वदेश फर्केका छन्।भिसा इस्युका कारण ४ नेपाली स्वदेश फर्कन पाएनन्। उनीहरुलाई विमानस्थलबाट नै फर्काएइको थियो।

उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात् झण्डै ४५ हजार रुयैयाँ (नेपाल एयरलाइन्स) र ५ सय अमेरिकी डलर अर्थात् झण्डै ६० हजार रुपियाँ(फ्लाई दुबई) को टिकट काटेर नेपाल फर्किएका हुन्।उनीहरुको विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।

उनीहरुको सहजिकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका तृतीय सचिव नारायण प्रसाद ज्ञवाली र जनसंपर्क अधिकृत (पिआरो) रज्जी दुबई विमानस्थल पुगेका थिए। साथै गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उप संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही पनि विमानस्थल पुगेका थए।

आजै युएईको आबुधावीबाट हिमालय एयरलाइन्स मार्फत १ सय ५१ जना नेपालीहरु स्वदेश फर्किसकेका छन् ।फर्कनेहरुमा २ बच्चा सहित २६ महिला र १ सय २५ पुरुष रहेका थिए।  

आज मात्रै युएईबाट ६ सय ३ जना नेपालीहरु पनि विभिन्न एयरलाइन्स मार्फत नेपाल फर्केका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप