नागरिक बचतपत्रको बिक्री अवधि बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो ।
रु चार अर्ब बराबरको ‘नागरिक बचतपत्र २०८२’ नाम दिइएको उक्त बचतपत्रमा वार्षिक नौ प्रतिशत व्याज प्राप्त हुनेछ । व्याजकर लाग्ने भए पनि छ÷छ महिनामा भुक्तानी हुने व्यवस्था गरिएको छ । घटीमा १० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु १० हजारले भाग गर्दा निषेश भाग जाने अङ्क बराबरको खरिद गर्न पाइने व्यवस्था गरिएको छ ।
नेपाली नागरिकले मात्र खरिद गर्न पाउने उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन पाउने सुविधासमेत दिइएको छ । बैंकले गत जेठ १ गतेदेखि जेठ मसान्तसम्म मात्रै सो बचतपत्र बिक्री गर्ने जनाएको थियो । लकडाउन तथा कोरोनालगायतका कारणले गर्दा अवधि थप गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण