बाँकेमा गुडिरहेको कार रुखमा ठोक्कियो, २ जनाको मृत्यु
मङ्गलबार, ०९ असार २०७७, १९ : ४६
बुटवल । बाँकेमा भएको कार दुर्घटनामा परि आज दिउँसो २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ सिक्टामा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रुखमा ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चितवनको भरतपुुर महानगरपालिका वडा नं. १२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का २२ व र्षीय क्षितिजराज कँुवरको मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए । कारमा २ जना मात्रै सवार रहेको र अन्यको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गिल्टी अर नट गिल्टी’ मञ्चन गर्दै कौसी थिएटर
-
केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन परेको याचिका सर्वोच्च अदालतद्वारा खारेज
-
भक्तपुरमा दिउँसै नगद र सुनका गरगहना चोरी
-
नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु
-
दीपिकाले पूरा गरिन् कल्कि २८९८ एडीको डबिङ
-
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री