बाँकेमा गुडिरहेको कार रुखमा ठोक्कियो, २ जनाको मृत्यु
मङ्गलबार, ०९ असार २०७७, १९ : ४६
बुटवल । बाँकेमा भएको कार दुर्घटनामा परि आज दिउँसो २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ सिक्टामा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रुखमा ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चितवनको भरतपुुर महानगरपालिका वडा नं. १२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का २२ व र्षीय क्षितिजराज कँुवरको मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए । कारमा २ जना मात्रै सवार रहेको र अन्यको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण