बेलायतबाट नेपालका लागि उडे १ सय ४६ नेपाली
लण्डन । विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु स्वदेश फर्किन पाउँदा दङ्ग परेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब १ सय ४६ जना नेपालीहरु बेलायतको ग्याटवीक एयरपोर्टबाट दिउँसो ३ बजेर ५० मिनेट जाँदा नेपालका लागि उडेका हुन् । उनीहरु बिहीबार बिहान ९ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उनीहरुलाई जजिरा एयरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा नेपाल पठाइएको दूतावासले जनाएको छ । भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमका लागि आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नेपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।

दर्ता गराउनेहरुमध्ये प्रथामिकताका आधारमा आज पहिलो उडानमार्फत नेपाल पठाइएको गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दूतावासका प्रवक्ता शरदराज आरण, गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ लगायतका टोली विमानस्थल पुगेका थिए ।
करिब ५ सय जना नेपालीहरुले स्वदेश फर्किन आफ्नो नाम दर्ता गराएका भएपनि हालसम्म दुईवटा उडान तालिकाको तय भएको हो । जसमध्ये आज एउटा फ्लाइट नेपालतर्फ उडेको हो । अर्को फ्लाइट २६ जुन शुक्रबारको लागि तय भएको छ । जजिरा एयरवेजका दुईवटा उडानबाट करिब तीन सयजति नेपालीहरु स्वदेश फर्किन पाउनेछन् । बाँकी रहेका नेपालीहरुलाई पनि आवश्यकताअनुसार नेपाली दूतावासद्वारा पहल गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण