गण्डकीमा ११ नयाँ संक्रमित थपिए, संक्रमितको कुल संख्या ७५३
बिहीबार, ११ असार २०७७, ०७ : ४२
पोखरा – बिहीबार बिहान स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा ११ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।
४ जिल्लामा ११ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो ।
नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
संक्रमितमध्ये म्याग्दीको मंगला गाउपालिकाका ४ पुरुष, बेनी नगरपालिकाका १ पुरुष र १ महिलामा कोरोना देखिएकको छ ।
यसैगरी, स्याङ्जाको कालीगण्डकी गापाका १ पुरुष, बागलुङको गलकोट नगरपालिकाका २ पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकाका १ पुरुषमा बिहीबार बिहान कोरोना पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण