बार्सालाई उछिन्दै रियल पुनः ला लिगाको शीर्ष स्थानमा
भिनिसियस जुनियर र सर्जियो रामोशको गोलको मद्दतले मार्योकामाथि सहज जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । जिनेदिन जिदानको टोली र बार्सिलोनाको बराबर ६८ अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुगेको हो ।
खेलको पहिलो हाफमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रामोशले रियलको जीत सुनिश्चित गरे । यो सिजन रामोशको यो दशौँ गोल थियो । रियलका लागि एडिन हजार्ड र करिम बेन्जेमाले गोलको सुन्दर अवसर गुमाएका थिए ।
मार्योकाले खेलमा १५ वर्षीय लुका रोमेरोलाई डेब्यु दिएको थियो । योसँगै उनी लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।
अब बाँकी ७ खेलमा सबैमा जित हासिल गरे, रियलले सन् २०१७ पछि पहिलो उपाधि जित्नेछ । यता, हारपछि मार्योका भने रेलिगेसन क्षेत्रमा रहेको छ ।
अन्य खेलमा सेल्टाभिगोले रियल सोसिडाड र ओसासुनाले आलाभेसलाई समान १–० को गोलअन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण