बार्सालाई उछिन्दै रियल पुनः ला लिगाको शीर्ष स्थानमा

भिनिसियस जुनियर र सर्जियो रामोशको गोलको मद्दतले मार्योकामाथि सहज जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । जिनेदिन जिदानको टोली र बार्सिलोनाको बराबर ६८ अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुगेको हो ।
खेलको पहिलो हाफमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रामोशले रियलको जीत सुनिश्चित गरे । यो सिजन रामोशको यो दशौँ गोल थियो । रियलका लागि एडिन हजार्ड र करिम बेन्जेमाले गोलको सुन्दर अवसर गुमाएका थिए ।
मार्योकाले खेलमा १५ वर्षीय लुका रोमेरोलाई डेब्यु दिएको थियो । योसँगै उनी लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।
अब बाँकी ७ खेलमा सबैमा जित हासिल गरे, रियलले सन् २०१७ पछि पहिलो उपाधि जित्नेछ । यता, हारपछि मार्योका भने रेलिगेसन क्षेत्रमा रहेको छ ।
अन्य खेलमा सेल्टाभिगोले रियल सोसिडाड र ओसासुनाले आलाभेसलाई समान १–० को गोलअन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो
-
भारतीय सेयर बजारमा उछाल
-
शिक्षक नेतालाई प्रश्न– विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ? (भिडियोसहित)
-
गर्मीयाममा तपाईंको पनि आँखा रातो हुने समस्या छ ?
-
मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर