बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा चट्याङ लागेर एकको मृत्यु

बिहीबार, ११ असार २०७७, १७ : ५३
बिहीबार, ११ असार २०७७

 बुटवल । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।

खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षिय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते भएका उनलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको  ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  उनको छाती र बायाँ हात चट्याडले जलेको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप