‘ब्रेकअप’ पछि सुशान्तसँग कुराकानी नगरेको अंकिताको खुलासा
एजेन्सी - छोटो समयमा बलिउडमा गहिरो छाप छोडेर गएका सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनको बारेमा विभिन्न विषयमा खुलासा भइरहेका छन् ।
सुशान्तको आत्महत्यापछि बलिउड क्षेत्र, उनको परिवार, साथीभाई मात्र होइन विश्वभरीका करोडौं प्रशंसकहरु पीडामा परेका छन् ।
यसैबीच, उनकी पूर्वप्रेमिका अंकिता लोखण्डेले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नभएको खुलासा गरेकी छिन् । करिब ६ वर्षसम्म प्रेमसम्बन्धमा रहेका सुशान्त र अंकिताको विषयमा मिडियामा विभिन्न प्रकारका समाचारहरु आइरहेको भएपनि अंकिताले एक अन्तरवार्तामा सुशान्तसँग ब्रेकअपपछि कुराकानी नहुने खुलासा गरेकी थिइन् ।
अघिल्लो वर्ष सार्वजनिक भएको उनको फिल्म मणिकर्णिकाको प्रमोशनको समयमा अंकिताले स्पोटब्याईलाई दिएको अन्तरवार्तामा उनले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नहुने खुलासा गरेकी थिइन् ।
साथै, यी दुवैले ब्रेकअपपछि एक अर्कालाई सम्बन्धलाई लिएर आरोपप्रत्यारोप समेत गरेका थिएनन् ।
उक्त अन्तरवार्तामा अंकिताले ब्रेकअपपछि आफू र उनी (सुशान्त) पनि सम्हालिइसकेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा दुई भन्दा बढि हुनसक्छन् ‘बरिष्ठ’ नेता
-
इरान युद्धले तेल आपूर्ति गुम्दा पनि टिक्यो विश्व अर्थतन्त्र, तर भविष्यमा मूल्यवृद्धिको जोखिम कायमै
-
नेपाल प्रिमियर लिगका ६ टोलीको टाइटल स्पोन्सरमा 'एक्सट्रिम इनर्जी ड्रिंक्स'
-
प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनका उपलब्धिलाई भन्यो– हात्तीको देखाउने दाँत मात्र
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण