‘जबज’को आलोकमा समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताएका छन् । उनले भने, “जबजले समाजिक न्याय, समानता र समृद्धिका लागि आज पनि दिशानिर्देश गरिरहेको छ ।”
जननेता भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले जबज सिद्धान्तको आलोकमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकीरण गरेको जनाए ।
सन्देशमा भनिएको छ , “आज नेपाल कम्युनिष्ट पार्टी ‘प्रतिस्पर्धा र श्रेष्ठता’ नीतिअनुसार जनताको लोकप्रिय मत प्राप्त करीब दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको छ । सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयत्नरत छ । यसर्थ हिजोका राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमात्र होइन, आजको निर्माण र समृद्धिको आन्दोलनमा समेत जबजले मार्गदर्शन गरिरहेको छ । जबज जडसूत्रवाद होइन । माक्र्सवादको सिर्जनात्मक विकासको अत्यन्त सफल सिद्धान्त हो । जबजकै आलोकमा समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।”
सामाजिक न्याय र जनअधिकारका मुद्दाहरुलाई संविधानमा सम्बोधन गरिएको, राजनीतिक स्थिरताको सुनिश्चिता भएको उल्लेख गर्दै सन्देशमा यी सबै जननेता भण्डारी र उहाँकै विचारको देन हो भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण