मदन भण्डारीले धरातलीय यथार्थअनुरुप विचार दिएः अधिकारी
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जननेता मदनकुमार भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनलाई नेपालबाट नयाँ शिराबाट उठाएको बताएका छन् । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती तथा दोस्रो राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा पार्टी गण्डकी प्रदेशका सहइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य अधिकारीले नेपालको कम्युनिष्ट राजनीतिमा भण्डारीले धरातलीय यथार्थअनुरुपको दूरदर्शी विचार दिएको बताए ।
प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले १९९० को दशकमा सोभियत सङ्घलगायत पूर्वी युरोपका धेरै मुलुकमा समाजवादी व्यवस्था ढलिसकेपछि भण्डारीले नेपालको भूगोल र जनताको चेतनास्तरअनुरुप धरातलीय यथार्थअनुरुप जनताको बहुदलीय जनवादको प्रतिपादन गरेको दाबी गरे ।
पोखरा–३३ र २१ मा पर्ने रवीन्द्र स्मृति उद्यान र सर्माने ढुङ्गामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय श्रीनाथ बराल र सीता गिरी, केन्द्रीय सदस्य एवम् पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, नेकपा कास्की अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, नेकपा कास्की जिल्ला कमिटी सदस्य झपट रानाभाटलगायतले नेकपालाई अझै सुढृढ एकताका साथमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा वरपीपल, समी, अशोक, कल्चालगायत करिब २ सय ५० बिरुवा रोपिएको कास्कीका सचिवालय सदस्य दामोदर वैरागीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण