प्रतिवन्धित नेकपाका ६ नेता–कार्यकर्ता पक्राउ
कैलाली । विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका ६ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली जिल्लाका ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाली जिल्ला जनसरकार प्रमुख दल बहादुर वि.क.सहित लक्की शाह, डम्वर सुनार, सुवाष जोशी, प्रकाश रावल र बबर जंग सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।
लामो समयदेखि धनगढी उपमहानगरपालिका वडा नं. ९ वस्ने दल बहादुर वि.क. विक खरखजना विष्फोटक पदार्थ र संगठित अपराध मुद्धामा फरार रहेकोमा प्रहरीले उनलाई आज धनगढी उपमहानगरपालिका जुगेडाबाट पक्राउ गरेको थियो । सोही क्रममा उनीसँगै रहेका अन्य ५ जनाले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी भगाउन खोज्दा उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण