एफए कप सेमिफाइनल : युनाइटेड र चेल्सी, आर्सनल र सिटी भिड्ने
एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेड र चेल्सीबीच भिडन्त हुने भएको छ भने आर्सनलले साबिक विजेता म्यान्चेस्टर सिटीको सामना गर्नेछ । सेमिफाइनलमा प्रतियोगिताका तीन सबैभन्दा सफल टोली आमने सामने हुँदैछन् ।
आर्सनलले कीर्तिमानी १३ पटक यो उपाधि जितेको छ भने नर्विचलाई हराउँदै सेमिफाइनल पुगेको म्यान्चेस्टर युनाइटेडले १२ पटक यो प्रतियोगिता जितेको छ । लेस्टरलाई हराएको चेल्सीले ८ पटक यो उपाधि जितेको छ ।
सेमिफाइनल खेल १८ र १९ जुलाईमा वेम्बलेमा हुनेछ । फाइनल अगस्त १ मा सोही मैदानमा खेलाइनेछ ।
डिफेन्डिङ च्याम्पियन सिटीले न्युक्यासललाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । आर्सनलले भने सेफिल्ड युनाइटेडलाई संघर्षपूर्ण खेलमा हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।
यसअघि युनाइटेड र चेल्सी सन् २०१८ को फाइनलमा भिडेका थिए । उक्त खेल चेल्सीले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण