बार्सिलोनाको प्रशिक्षण गर्न तयारी गरिरहेको ज्याभीको खुलासा
आफू र आफ्नो स्टाफले बार्सिलोनाको प्रशिक्षण गर्नका लागि अत्यधिक तयारी गरिरहेको बार्सिलोनाका ‘लिजेन्ड’ ज्याभीले खुलासा गरेका छन् । हाल अल–सादको म्यानेजर रहेका ज्याभीलाई यसअघि बार्साले अर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि रिक्त प्रशिक्षक पदको प्रबल दाबेदार मानिएको थियो । तर, क्वीके सेटिनलाई गत जनवरीमा क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको थियो ।
यो सिजन बार्सा स्थिर प्रदर्शन गर्न संघर्षरत छ । ला लिगामा ६ खेल बाँकी छँदा टोली चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ ।
बार्सिलोनासँगको भविष्यबारे चर्चा गर्दै ४० वर्षीय स्पेनिसले आफ्नो निर्णय स्वतन्त्ररुपमा लागु गर्ने छुट नभएसम्म क्लबमा नफर्कने पनि बताए । ‘अहिले मेरो सबैभन्दा ठूलो आशा भनेको बार्साको प्रशिक्षक बन्ने र क्लबलाई जीतको बाटोमा डोर्याउने हो,’ अल–सादलाई कतारी सुपरकप र कतार कपको उपाधि दिलाएका स्पोर्टसँग कुराकानी गर्दै ज्याभीले भने ।
‘हाम्रो प्राविधिक स्टाफले यसका लागि धेरै तयारी गरिरहेका छन् । यसले हामीलाई निकै उत्साहित बनाउँछन्,’ उनले भने ।
बार्सामा रहँदा ज्याभीले २५ वटा उपाधि जितेका थिए, ‘म क्लबको हुँ । म सही समयमा क्लब फर्कन चाहन्छु । मैले धेरै पटक भनेको छु म बार्सिलोनामा फुटबलको निर्णय लिन चाहन्छु । यो कुरा निर्वाचनपछि प्रष्ट हुनेछ । म कुनै सम्भावनालाई नकार्न चाहन्न । उनीहरु जनवरीमा पनि आएका थिए । तर, मैले यतिबेला परिस्थिति र समय सही नभएको बताए ।’
बार्सिलोनाको अध्यक्षको निर्वाचन सन् २०२१ हुँदैछ । अहिलेका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ पुनः निर्वाचित बन्ने दाउमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण