झापाका १४ पालिका बाढीबाट प्रभावित
झापा । झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य नौ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको छ ।
बाढीबाट ती पालिकाका बासिन्दा समस्यामा परेमा विभिन्न क्षेत्रका स्कूल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनलाई आश्रयस्थलको रुपमा समेत तोकिएको रेडक्रसको तथ्याङ्कमा उल्लेखित छ । लगातार वर्षा भइरहेकाले पानीको बहाव बढेमा बिरिङ, कनकाई माई, रतुवा, मेची, निन्दा, देवनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल र बनियानी नदीले बढी क्षति गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।
अड्तीस सय परिवार प्रभावित हुने
झापाका नदी नालाहरुमा पानीको बहाव बढेमा बाढीबाट तीन हजार ८०३ परिवारका १८ हजार ८१० जना प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । रेडक्रसले तयार पारेको तथ्याङ्कमा बाढीबाट प्रभावित हुनसक्ने आठ पालिकामध्ये सबैभन्दा बढी झापा गाउँपालिकाका ८५० परिवारका चार हजार २०० जना प्रभावित हुने देखिएको छ । यस पालिकाका वडा नम्बर १, २, ३, ४ र ७ का बासिन्दा बढी प्रभावित हुनेछन् ।
रेडक्रसले बाढीको उच्च जोखिममा रहेका गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर १ र २ बाट ४५२ परिवार, कचनकवल गाउँपालिकाका सबै वडाबाट ७५०, भद्रपुर नगरपालिकाको १, २, ८ नम्बर वडाका ३००, शिवसताक्षी नपाको वडा नम्बर ४, ५, ६, ७, १० का ३५०, मेचीनगर नपाको वडा नम्बर ७ र १५ का २००, कनकाई नपाको चार वटा वडाहरुबाट २५० र बाह्रदशी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ७ का ६५० परिवार गरी जम्मा तीन हजार ८१० परिवार छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले जिल्ला विपद् व्यवस्थापन समितिलाई सोबारे जानकारी गराइसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण