पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा हमला, चार आतंकवादी मारिए
कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादी सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । मिडिया रिपोर्टका अनुसार सोमबार बिहान १० बजे चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । भवनभित्र पसेपछि उनीहरुले अन्धाधुन्द गोली प्रहार गर्न सुरु गरेका थिए ।
घटनामा दुई जना सर्वसाधारणको पनि मृत्यु भएको र केही घाइते पनि रहेको बताइएको छ । प्रहरीका सर्जन डा. करार अहमद अब्बसीका अनुसार हालसम्म ५ जनाको शव र प्रहरीसहित सात जना घाइतेलाई डा. रुथ पफाउ सिभिल अस्पतालमा ल्याइएको जानकारी दिए ।
गोलीबारी सुरु भएलगत्तै प्रहरी र रेन्जर टोली त्यहाँ पुगेर चार आतंककारीलाई मारेको सिन्ध रेन्जर्सले जानकारी दिएको छ । अहिले सो क्षेत्रलाई ‘क्लियर’ गर्ने प्रक्रिया भइरहेको उनीहरुले जनाएका छन् ।
अक्रमणकारीबाट हतियार र विस्फोट पदार्थ बरामद गरिएको सुरक्षाकर्मीले जनाएका छन् ।
स्रोतः डन डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण