गोरखामा पहिरोमा परि १ जनाको मृत्यु, २ घाइते
सोमबार, १५ असार २०७७, १६ : ०३

गोरखा । गोरखाको धार्चे गाउँपालिका–३,तातोपानी सडक खण्डमा झरेको पहिरो पन्छाउने क्रममा एक मजदुरको मृत्यु भएको छ।भने पहिरोमा परि २ जना घाइते भएका छन्।
नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट,आरुघाट लार्के सडक खण्डमा कार्यरत जाजरकोटका २६ वर्षीय नरेन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
धार्चे गाउँपालिका–३,तातोपानी सडक खण्डमा आइतबार दिउँसो झरेको पहिरो पन्छ्याउने क्रममा आकस्मात माथिबाट झरेको पहिरोमा परि शाहीको मृत्यु भएको र पहिरोमा परी अरु दुई जना घाइते भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए।
शव पोष्टमार्टमका लागि अहिले गोरखाको आरुघाट लगिने तयारी भैरहेको अध्यक्ष गुरुङले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने