गोरखामा पहिरोमा परि १ जनाको मृत्यु, २ घाइते
सोमबार, १५ असार २०७७, १६ : ०३
गोरखा । गोरखाको धार्चे गाउँपालिका–३,तातोपानी सडक खण्डमा झरेको पहिरो पन्छाउने क्रममा एक मजदुरको मृत्यु भएको छ।भने पहिरोमा परि २ जना घाइते भएका छन्।
नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट,आरुघाट लार्के सडक खण्डमा कार्यरत जाजरकोटका २६ वर्षीय नरेन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
धार्चे गाउँपालिका–३,तातोपानी सडक खण्डमा आइतबार दिउँसो झरेको पहिरो पन्छ्याउने क्रममा आकस्मात माथिबाट झरेको पहिरोमा परि शाहीको मृत्यु भएको र पहिरोमा परी अरु दुई जना घाइते भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए।
शव पोष्टमार्टमका लागि अहिले गोरखाको आरुघाट लगिने तयारी भैरहेको अध्यक्ष गुरुङले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण