कार्यकक्षमै कुटिएका वडाध्यक्षलाई थप उपचारको काठमाडौं पठाइयो
बुटवल । मंगलबार कार्यक्षकमै कुटिएका दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मंगलबार कार्यकक्षमै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता प्रहार गरेको धारिलो हतियार लागेर घाइते भएका डाँगीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
‘थप उपचार गर्न काठमाडौं लगिएको छ । अध्यक्ष चोटका कारण वोल्न सक्नु भएको छैन,’ उनले भने, ‘जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौं लैजानु प¥यो ।’ उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरिएको थियो । मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालय भित्र प्रवेश गरेका विप्लवका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेका थिए ।
घटना स्थलमा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको थियो । यसैविच घटनास्थलको सुरक्षा अधिकारीले अनुगमन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण