कार्यकक्षमै कुटिएका वडाध्यक्षलाई थप उपचारको काठमाडौं पठाइयो
बुटवल । मंगलबार कार्यक्षकमै कुटिएका दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मंगलबार कार्यकक्षमै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता प्रहार गरेको धारिलो हतियार लागेर घाइते भएका डाँगीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
‘थप उपचार गर्न काठमाडौं लगिएको छ । अध्यक्ष चोटका कारण वोल्न सक्नु भएको छैन,’ उनले भने, ‘जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौं लैजानु प¥यो ।’ उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरिएको थियो । मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालय भित्र प्रवेश गरेका विप्लवका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेका थिए ।
घटना स्थलमा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको थियो । यसैविच घटनास्थलको सुरक्षा अधिकारीले अनुगमन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा फेरि अग्रता बढाउँदै कांग्रेस
-
लगानी सम्मेलनमा हुने भनिएको पीडीए नहुने, बोर्ड भन्छ - सबै तयारी पुगेन
-
इलाम अपडेट : २८ सय बढी मतले सुहाङको अग्रता, रास्वपा चौथोमा सीमित
-
बझाङमा मतान्तर घटाउँदै एमाले
-
मरणासन्न भनिएको पुँजीवादको आयु कसरी बढिरहेको छ ?
-
ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर